११ श्रावण २०८१, शुक्रबार

बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) दिलिपसिंह देउवाले शनिबार संयुक्त रुपमा सो अस्थायी प्रहरी पोष्टको उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले अस्थायी प्रहरी पोष्टलाई थप व्यवस्थित बनाउदै लगिने बताए । उनले समाजमा शान्तिसुरक्षा बलियो बनाउन सामाजिक अभियान संचालन गर्न स्थानीयसंग अनुरोध गरे ।
प्रहरी उपरीक्षक देउवाले प्रहरीले सधैं समुदायसंग असल सम्वन्ध राखेर काम गर्ने बताए । उनले भने– प्रहरीले सबैभन्दा पहिले आफ्नो आचरण ठिक राख्नु पर्छ, अनिमात्र समाजमा गलत काम गर्नेहरुका बारेमा कुरा उठाउन सकिन्छ ।
अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा सात जना प्रहरी खटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार