११ श्रावण २०८१, शुक्रबार

१६ जना जुवाडे पक्राउ



धनगढी । ईलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका १६ जनालाई ५२ हजार सहित पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ७ का कुस्माखर देवकोटाको घरमा जुवातास खेलिरहेका उनीहरुलाई बिहीबार ५२ हजार ३ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
प्रहरीले लम्कीचुहा नगरपालिका ४ का मनिप्रकाश कुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश बिष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेब चौलागाई, लम्की चुहानगरपालिका–७ का देबेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, घरधनि कुस्माखर देवकोटालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतीक विष्ले बताउनुभयो ।
यसैगरी, प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको उक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिडित भजनी नगरपालिका–५ का दीर्घबहादुर कामी रहेका छन् । कामी तीनवर्षदेखि जबरजस्ती करणी मुद्धामा फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको ्िरहरी नायब उपरिक्षक विष्ले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार