१२ श्रावण २०८१, शनिबार

असई तथा प्रहरी जवान हत्या घटना : थप एक जना पक्राउ



धनगढी । धनगढी उपपहानगरपालिका वडा नम्बर १२ जुगेडा अस्थाई प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा किराना पसल र वडा नम्बर ९, घुइयाघाटमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका राजिव गुप्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राजिव नौ वर्ष अघिसम्म भारतीय सिमावर्ति गौरिफण्टामा किराना पसल सञ्चालन गर्दै आएको बताइन्छ । भारत सरकारले गौरिफण्टा बजार विस्थापित गरेपछि उनि धनगढीमा व्यवसाय गर्न थालेको बताइएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले करिब ३६ वर्षीय राजिवको प्रहरी हत्या अभियोगमा यसअघि नै पक्राउ परेका सात जनासंग सम्बन्ध रहेको पाइएको बताए ।
प्रहरी प्रवक्ता बिष्टका अनुसार प्रहरीद्वयको हत्या भएको राती जुगेडा क्षेत्रबाट तस्करी भएको सामान राजिवको भएको खुलेको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे पर्कु भन्ने रोहित राना, सोही स्थानमा ३१ बर्षे अर्का रोहित राना, सोही स्थानका २० बर्षे राजेन्द्र राना, ३० बर्षे चोर भनिने सुरेश राना, २५ बर्षे गब्बर भन्ने राजकुमार राना, २२ बर्षे रामनिवास राना, २९ बर्षे टल्लु भन्ने दलराम राना र २५ बर्षे गोपाल भन्ने रामगोपाल रानालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार