१२ श्रावण २०८१, शनिबार

पहिरो पीडित परिवारलाई राहत वितरण



बझाङ । नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले बर्खाको समयमा आएको बाढी पहिरोबाट घरवारबिहीन भएका परिवारलाई राहत वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाका सभापति खड्क बहादुर बोहराले जिल्लाका १२ स्थानीय तहका एक सय २३ परिवारलाई गैरखाद्य वस्तु राहत स्वरुप वितरण गरेको बताए । खप्तडछान्ना गाउँपालिका, बित्थडचिर गाउँपालिका, तलकोट गाउँपालिका र जयपृथ्बी नगरपालिकामा “बिपत ब्यावस्थापन संरक्षण तथा आपत्कानीन स्वास्थ्य सेवा संस्थाले प्रवाह गर्दै आएको सभापति बोहराले बताए ।
‘घरको माथीबाट पहिरो आएर घरमा बस्ने वाताबरण छैन, अहिले तत्काल छिमेकी भाईको घरमा एक कोठामा हुलहाल गरी ८ जना बसेका छौ,’ स्थानीय दिल खड्काले भने, ‘केहि परीवार नजिकैको गाई, भैसी बाध्ने गोठमा बस्दै आएका छन् ।’
स्थानीय हिराबहादुर सिंहले जिल्ला प्रशासन कार्यालयबाट दुई÷दुई ग्याबीन जाली र तत्काल रेडक्रसले दिएको पाल गाई गोठको चुनेछानामा राखेर रात काटिरहेको बताए । उनले घर लगाउन ठाउँ र जग्गा नभएको पनि बताए ।
यही साउन महिनाको २५÷२६ र २८ गते आएको अबिरल बर्षाका कारण घरमाथिबाट पहिरो आएर केहि परिवार घरबिहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार