१२ श्रावण २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामग्री



धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकामा रहेका लकडाउन बाट प्रभावित २१ जना अति अशक्त र पुर्ण अशक्त अपांगता भएका ब्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

अपांगता भएका ब्यक्तिहरूको अवस्था अध्ययन तथा सहायक सामग्री नापजाँच कार्यक्रम गरि करिब १० लाख बराबरको सहायक सामाग्री वितरण गरिएको अपांगता क्षेत्रमा कार्यरत अधिकारकर्मी नन्दराज भट्टले जानकारी दिए ।
सहायक सामग्री नापजाँच गरि सर्वांगिण अपांगता बिकास समाज नेपालको आयोजनामा भएको कार्यक्रममा सामग्री सहयोग गाउँपालिकाको आर्थिक सहयोगमा एक जनालाई ट्राइसाईकल, १७ जनालाई व्हिल्चियर वाकर, बैशाखी, वाकर, अल्बो क्रोचेच वितरण गरिएको थियो । ती सामाग्री गाउ“पालिकका प्रमुख लाजुराम चौधरीले प्रभावित व्यक्तिहरूलाई वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै लाजुरामले आगामी दिनमा पनि अपांगता शसक्तिकरण र क्षमता बिकासको लागी सधै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
सो कार्यक्रममा गाउ“पालिकाका सामाजिक बिकास अधिकृत यगम कलेल, समाबेशी स्पोर्ट्स क्लबका प्रमुख ईन्द्र पालि, महिला तथा बालबालिका शाखा प्रमुख बाल कुमारी चौधरी लगायत अपांगता क्षेत्रमा क्रियाशिल ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार