१० श्रावण २०८१, बिहीबार

खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा स्वास्थ्य राहत सामग्री वितरण गरिएको छ ।

कमैया प्रथा उन्मुलन समाज कैलाली र क्रिश्चियन एड नेपालको सहयोगमा जोशीपुर गाउँपालिका वडा नम्बर २, ५ र ७ का बाढी प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
गत साउन महिनामा आएको बाढीले जोशीपुर गाउ“पालिकाका पा“च वडा प्रभावित भएका थिए । गाउ“पालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष किशोर कठरियाले एक सय ९२ घर परिवार पूर्ण रुपमा प्रभावित भएको बताए । उनका अनुसार गाउ“पालिकाको वडा नम्बर ३ मा ५४, ४ मा ९०, ५ मा २२, ६ मा छ र ७ मा २० घरपरिवार प्रभावित भएका थिए ।
बुधबार वडा कार्यालयमै प्रभावित परिवारलाई बोलाएर कमैया प्रथा उन्मुलन समाजले राहत सामाग्री प्रदान गरेको जनाएको छ ।
राहत सामाग्री बुझ्दै वडा नम्बर ३ की प्रेमा चौधरीले भनिन– अन्न सबै बाढीले बगायो । खानको जोहो गर्न मजदुरी गरिरहेकी छु । अहिले संस्थाबाट केही राहत पाउ“दा खुशी लागेको छ ।’ उनले बाढी आएपछि तीन दिन अरुको घरमा बास बस्नु परेको बताइन ।
उनीजस्तै बाढी प्रभावित परिवारलाई अहिले के खाउ“ के लगाउ“ भइरहेको छ । प्रेमाले भनिन– गाउ“पालिकाले चाउँचाउ र भुजा बाहेक केही दिएन ।’
गाउ“पालिकाका प्रवक्ता किशोरले भने– बाढीबाट प्रभावित २१ घरधुरी परिवारलाई गाउ“पालिकाले २५ किलो चामल, दुई किलो दाल, एक÷एक प्याकेट नुन र तेल उपलब्ध गराएको छ ।’
जोशीपुर गाउपालिकाको एक सय ९२ घरपरिवारका लागि कमैप्रथा उन्मुलन समाजले खाधान्न सामाग्री प्रती ब्यक्ती चामल २५ केजि, दाल ३ केजि, नुन एक केजि, तेल दुई लिटर, चिनी दुई केजि र चियापत्ती एक सय ग्राम उपलब्ध गराएको छ ।
यस्तै स्वाच्छ्ता सम्बन्धि सामाग्री र आवासिय सामाग्री एक सय ९२ बाढी अति प्रभावित घरधुरिको लागि उपलब्ध गराएको समाजका कार्यक्रम संयोजक सुरज परिवारले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार