१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको जोखिम बढ्दो छ



गोदावरी नगरपालिका सुदूरपश्चि प्रदेशको प्रवेशद्वार पनि हो । यो नगरपालिकाको अत्तरियाबाट प्रदेशको आठ वटा जिल्ला र पुर्वका विभिन्न जिल्लामा जाने ट्रान्जिट प्वाइन्ट पनि भएकाले गोदावरी नगरपालिका कारोनाको एकदमै बढि जोखिममा छ । यसले गर्दा गोदावरीका धेरै मानिसहरु प्रभावित भए । गोदावरी नगरपालिकामा पाँच हजार जना भन्दा बढि नगरबासीहरु भारत लगायतका देशबाट फर्किएका छन् । त्यसका लागि हामीले ४२ वटा विद्यालयमा क्वारेन्टाइन तयार गरेका थियौं । त्यसमा हामी ४५०० जनालाई राखेका थियौं । हालसम्म गोदावरीमा चार सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । ति मध्ये दुई जनाको मृत्यु भएको छ । कोरोनाले गर्दा विश्व नै आक्रान्त बनेको बेलामा नेपाल पनि अछुतो रहेन । जसले गर्दा गोदावरी नगर क्षेत्र अझै बढि जोखिममा रह्यो । सुदूरपश्चिमको कोरोना संक्रमण मध्ये कैलाली र त्यसमा पनि गोदावरी नगरपालिकामा अझै बढि संक्रमण देखियो । जसले गर्दा हामीले टोल, घरहरु थुप्रै पटक सिल गर्नु प¥यो । यसले गर्दा नगरबासीले अत्यन्त त्रसित वातावरणमा रहनु प¥यो । हामीले जनचेतनाका लागि माइकिङदेखि पत्रपत्रिका र एफएमहरुमा सन्देश प्रशारण ग¥यौं । वडा वडामा मास्क सेनिटाइजर, सावुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण पनि ग¥यौं । लकडाउनको बेलामा विपन्न वर्ग (जसलाई छान टार्न समस्या थियो) लाई राहत पनि वितरण गरेका थियौं । यसमा हामीलाई प्रदेश र संघीय सरकारले पनि सहयोग ग¥यो । यसबेला हामीले एक करोडको विपत राहत कोष पनि स्थापना गरेका छौं । हामीलाई विभिन्न संघसंस्था, राजनीतिक दलहरुले पनि सहयोग गरे । जसले गर्दा कोरोना रोकथाम तथा न्युनिकरण गर्न ठूलो सहयोग पुग्यो । गोदावरीमा बढेको जोमिख न्युनिकरणमा गर्नमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ठूलो सहयोग छ ।
जनताको नजिकको सरकार भएको हुनाले कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारहरुको ठूलो भूमिका रह्यो । स्थानीय सरकारले यो बेला घर घरमा गएर जनचेतना जगाउने, जनतालाई अप्ठेरोमा सहयोग गर्ने काम गरेको छ । हाम्री सबैको अथक प्रयासले गर्दा संक्रमितहरु मध्ये साढे तीन सय जना सञ्चो भएर घर गइसकेका छन् । बाँकी संक्रमितहरुलाई होम आइसोलेशनमा र नगरक्षेत्रमा रहेको आइसोलेशनमा व्यवस्थापन गरेका छौं । हामीले यति गर्दा गर्दै पनि स्थानीय सरकारलाई कोरोनाले धेरै समस्यामा पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहँदा धेरै चूनौतिहरु पनि आए तर संघसंस्था, निजी क्षेत्र, राजनीतिक दलहरुसंग बसेर सुझाव लिएर हामी अगाडि बढ्यौं । यसले हामीलाई अलिकति सहज भयो । कोरोनाले गर्दा तीन वटा तहका सरकारहरु मध्ये स्थानीय सरकारलाई सबै भन्दा समस्या भएको महसुस भएको छ । क्वारेन्टाइनमा बस्नेहरुलाई क्वारेन्टाइनमा पु¥याउन र त्यहाँ बस्ने र खाने व्यवस्था गर्ने काममा सबै भन्दा बढि समस्या भयो । यसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ठूलो योगदान रह्यो ।
कोरोनाका कारण अझै पनि नगरबासीहरु आक्रान्त छन् । लकडाउन खुलेको भएपनि कोरोनाको जोखिम अझै बढ्दो छ । यस्तो अवस्थामा नगरबासीलाई कोरोनाबाट जोगाउन स्थानीय सरकारको ठूलो भूमिका छ । सरकारले भनेको जस्तै सबै नगरबासीहरुले अत्यावश्यक काममा मात्रै घर बाहिर जान जरुरी छ । सबैले समय समयमा हात धुने, मास्क, सेनिटाइजर प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने काम गरौं । यसले हामी सबैलाई कोरोना संक्रमण हुनबाट जोगाउँछ ।
कोरोना संक्रमण अझै बढ्दो अवस्थामा छ । अहिले हामीले विद्यालयहरुबाट क्वारेन्टाइन हटाइसकेका छौं । यसले गर्दा क्वारेन्टाइन व्यवसथापन गर्नै अझै चूनौति थपिएको छ । हामीले विद्यालय बाहेकका ठाउँमा क्वारेन्टाइन व्यवस्थापन गर्ने काम गरिरहेका छौं । अझै पनि हामीले प्रदेश, संघ सरकार, संघसंस्था, राजनीतिक दलहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैसंग हातेमालो गरेर अगाडि बढिरहेका छौं । चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा पनि हामीले कोरोना संक्रमण नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याएर अगाडि बढेका छौं । कोरोना प्रभावित नागरिकहरुको स्वरोजगार बनाउन, आयआर्जन बढाउनका लागि पनि बजेट व्यवस्था गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार