१२ बैशाख २०८२, शुक्रबार

चार पसलमा आगलागी



धनगढी । गोदावरी नगरपालिकाको गेटामा चार पसलमा आगलागी भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा चार पसलमा आगलागि भएको थियो । आगलागीबाट गेटा आ“खा अस्पताल अगाडी रहेका चार वटा पसलमा क्षती भएको छ ।

विद्युत सर्ट भएर आगलागी हु“दा एक होटल र तीन किराना पसलमा क्षती भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए ।
केशब बोहराको चिया नास्ता पसल, जगदिश चौधरी, रमेश चौधरी र शिवचरण रानाको किराना पसल जलेर नष्ट भएको विष्टले बताए । गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार