१२ श्रावण २०८१, शनिबार

कर्मचारीलाई कोरोना भएपछि बैंक शिल



कञ्चनपुर । बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कञ्चरपुरको बेलौरी नगरपालिका स्थित बेलौरी बजारमा रहेका दुई वटा बैंकका शाखा बन्द गरिएका छन् । बैंक अफ काठमाण्डू र राष्ट्रिय बाणिज्य बैंकको श्रीपुर शाखा बिहिबारदेखि एक साताका लागि बन्द गरिएको बताइएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाण्डूमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि सो बैंक तथा स“गै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।
कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जा“च गरी नतिजा नआउ“दा सम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । उनका अनुसार कोरोनाको संक्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ ।
राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजा“च गरी नतिजा नेगेटिभ नआउ“दासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन्् । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार