८ जेष्ठ २०८१, मंगलवार

मुक्त कमैयालाई कुखुरा चल्ला वितरण



धनगढी । कैलालीको कैलारी र जोशीपुर गाउपालिकाका मुक्त कमैयाहरुलाई कुखुराका चल्ला वितरण गरिएको छ ।

मुक्त कमैयाहरुको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले कैलारी र जोशीपुर गाउ“पालिकामा कुखुराको चल्ला वितरण गरिएको कमैया प्रथा उन्मुलन समाजले जनाएको छ ।
कमैया प्रथा उन्मुलन समाज कैलालीले मुक्त कमैयाहरुको हक अधिकार तथा मर्यादा अभिवृद्धि परियोजना मार्फत कुखुराका चल्ला वितरण गरेको जनाएको छ ।
संस्थाका अनुसार जोशीपुर गाउपालिका वडा नम्बर ३ रामनगर मुक्त कमैया वस्तीका दुई वटा समुहलाई पा“च÷पा“च सय र कैलारी गाउपालिका वडा नम्बर ७ को मुक्त कमैया वस्ती मिलनपुर बिपतपुरको सम्झना महिला समुहलाइ पा“च सय बोइलर कुखुराको चल्ला बितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार