सडक फराकिलो बनाउन माग
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, बिनायकटोलका बासिन्दाले भित्रि सडक फराकिलो बनाउन माग गरेका छन् ।
विनायक टोलका बासिन्दाले पार्कचोकदेखि विनायक टोलको सडक उपमहानगरपालिकाको मापदण्ड अनुसार नभएको आपत्ति जनाएका छन् । टोलबासीले बुधबार उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई सो सडक उपमहानगरपालिकाको मापदण्ड अनुसार फराकिलो बनाउन माग गरे ।
विनायक टोलबासीले नगर प्रमुख वडलाई ज्ञापनपत्र बुझाउदै नक्सा अनुसारको बाटो कायम गर्न र सडक अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाउन माग गरेका छन् ।
विनायक टोलका वीरबहादुर साउदले पार्कमोडदेखि विनायक टोलको सडकको शुरु मै बाटो निकै साघुरो रहेका कारण दमकल, एम्बुलेन्स सहित सवारी साधन ल्याउन निकै कठिनाई हुने गरेको बताए । उनले भने– हामीले पाच वर्षदेखि नक्सा अनुसारको सडक बनाउनु प¥यो भन्दै आएका छौं । उपमहानगरपालिकाले नालीको व्यवस्थापनसंगै मापदण्ड अनुसार सडक फराकिलो बनाउनुपर्छ ।





