१२ श्रावण २०८१, शनिबार

दार्चुला सेवा समितिद्वारा खाद्यान्न सहयोग



धनगढी । मालिकाअर्जुन दार्चुला सेवा समितिले धनगढीस्थित आमाको माया छात्राबासलाई खाद्यान्न वितरण गरेको छ ।

दार्चुला सेवा समितिको १२ औं वार्षिकोत्सवका अवसरमा बुधबार आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गगरेको छ ।
वार्षिकोत्सवको अवसरमा समितिका आजिवन सदस्य स्वर्गीय भैरवदत्त अवस्थी स्मृति छात्रवृत्ति कोष स्थापना गरिएको छ । सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले ५१ हजार १११ को स्वर्गीय भैरवदत्त अवस्थी स्मृति छात्रवृत्ति कोष स्थापना गरिएको बताए ।
उनले हरेक वर्ष सरकारी स्कुलबाट कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार