११ श्रावण २०८१, शुक्रबार

वडा कार्यालय भवन शिलन्यास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनको बुधवार शिलन्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र वडाध्यक्ष नारायणप्रसाद बरालले संयुक्त रुपमा भवनको शिलन्यास गरे । ९० लाख रुपैयाको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक वर्षभित्रै पुरा हुने गरी ठेक्का सम्झौता गरिएको छ ।
नगर प्रमुख नृपबहादुर वडले १९ वटा वडामध्ये अधिकांस वडा कार्यालय भवन निर्माण भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार