१३ पुष २०८२, आईतवार

कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन



धनगढी । धनगढीमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ७ देवहरिया सामुदायिक वनको पथरीमा मृतकको शव व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालीम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो ।
गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्तको उपस्थितिमा अन्त्यष्टि गरिएको हो । सेती प्रादेशिक अस्पतालमा असोज ७ गतेदेखि उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर १ की ६३ बर्षीया महिलाको सोमबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार