१३ पुष २०८२, आईतवार

मानव अधिकार आयोगद्वारा कारागारको अनुगमन



धनगढी । राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोलीले कैलाली र कञ्चनपुरको कारागारको अनुगमन गरेको छ । आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा रहेको टोलीले कारागारको निरीक्षण गर्नुका साथै कैदी बन्दीहरूको अवस्थाबारे छलफल गरेको जनाएको छ ।

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी, तथा सुरक्षा अधिकारीहरुले कारागारको भौतिक संरचना तथा आवश्यक स्वास्थ्य सामग्रीको कमी भए पनि सुरक्षा मापदण्डको पालना भइरहेको जानकारी गराएका थिए ।
कारागारको अनुगमनका क्रममा सरोकारवालाहरूस“ग छलफल गर्दै आयोगका सदस्य पाठकले कारागार र प्रहरी हिरासतमा रहेका कैदी बन्दीहरूलाई सुरक्षित राख्न स्वास्थ्य परीक्षण र उपचारमा विशेष ध्यान दिन ध्यानाकर्षण गराए ।
कोरोना महामारीको समयमा कारागार तथा हिरासतमा समेत बढी जोखिम रहेकालाई उनीहरूको जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोली असोज ५ गते देखी देशभर खटिएको छ ।
टोलीमा आयोगका सदस्य, प्रदेश कार्यालयका सहसचिव, कार्यालय प्रमुख र अधिकृतहरू सम्मेलीत छन्् । टोलीले असोज २५ भित्र देशभरका कारागारहरूको अनुगमन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार