६ जेष्ठ २०८१, आईतवार

विपन्न वर्गलाई दशैं उपहार



धनगढी । सामाजिक सेवाको क्षेत्रमा अग्रसर रहदै आएको रोयल कोल्याब्रेटिभ्सले विपन्न वर्गहरुलाई दशैंको उपहार दिन थालेको छ ।

संस्थाले आर्थिक रुपमा कमजोर वर्गलाई दशैंका लागि आवश्यक सामग्री उपहार दिने अभियान सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष गजेन्द्र शाहीले विपन्न वर्गलाई दशैंको उपहार प्याकिङ गरेर घरमै पुराउने व्यवस्था गरिएको बताए ।
काठमाडौंमा २२ दिनसम्म निःशुल्क खानापानी अभियान र अन्य जिल्लामा राहत वितरण कार्यपछि कोरोना संक्रमण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी धनगढीका अतिविपन्न वस्तीमा राहत स्वरुप खाद्यान्न वितरण अभियान अघि बढाइएको उनले बताए ।
उनका अनुसार विपन्न परिवारलाई २० किलो चामल, पाच किलो दाल, चिनी, चियापत्ती, तेल, साबुन, सोयाबिन, धोती सहित अन्य कपडा वितरण भइरहेको छ । उनले भने– दशैंको दिन सम्भव भएमा मासु पनि वितरण गर्ने सोचाई बनाएका छौं ।
रोयल कोल्याब्रेटिभ्सले गौरीफन्टा त्रिनगर नाकामा पनि खाना खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार