६ जेष्ठ २०८१, आईतवार

सम्झना बलात्कार तथा हत्या घटना



दोषिलाई कारबाहीको दायरामा ल्याउन दबावमुलक र्‍याली

डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी बझाङकी बालिका सम्झना कामीका हत्यारा पत्ता लगाई कडा कारवाहीकोे माग गदै डडेल्धुरामा सोमबार दबावमुलक र्‍याली प्रदर्शन गरिएको छ ।
नागरिक समाज डडेल्धुरा र दलित महिला संघको आह्वानमा ¥याली प्रदर्शन गरिएको थियो ।
र्‍यालीपछि आयोजित कोणसभामा दलित महिला संघका अध्यक्ष रुपा भट्ट, नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारी लगायतले बालिका सम्झनाको बलात्कार र हत्यामा संलग्न दोषिलाई तत्काल पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार