२२ बैशाख २०८१, शनिबार

सौहार्दपूर्ण वातावरणमा अधिवेशन गर्ने निर्णय



डडेल्धुरा । एक दशक आन्तरिक कलहमा अल्झिएको नेपाली काँग्रेस डडेल्धुराले सौहार्दपूर्ण वातावरणमा आगामी जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस डडेल्धुराको बिहीबारको बैठकले नयाँ क्रियासिल सदस्यता वितरण तथा पुराना सदस्यता नविकरण, आमन्त्रित केन्द्रीय सदस्यमार्फत वितरण हुने नयाँ सदस्यतालाई जिल्ला कार्य समितिले समायोजन सहित अनुमोदन गरि सहमतिमा वितरण गर्ने, लगायतको निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्य, महाधिवेशन तथा महासमिति सदस्य सहितको पूर्ण बैठकले जिल्लाका सात स्थानीय तहका ५२ वडामा जिल्ला स्तरिय नेताहरुको सामूहिक उपस्थितिमा सदस्यता सम्बन्धि छलफल गरि वडा सभापतिलाई हस्तान्तरण गर्ने र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने गराउने निर्णय गरेको जिल्ला सभापति कर्ण बहादुर मल्लले बताए ।
पार्टीले प्रदेश निर्वाचन क्षेत्र क को परशुराम नगरपालिका जोगबुढामा आगामी १० गते र प्रदेश निर्वाचन क्षेत्र ख मा ११ गते सदरमुकाममा बैठक आयोजना गर्ने समेत निर्णय भएको जिल्ला सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार