२३ बैशाख २०८१, आईतवार

एनसेलको नया योजना



काठमाडौं । एनसेलका ग्राहकले थप विकल्पसहित सामाजिक संजाल टिकटक र फेसबुक निरन्तर चलाउन पाउने भएका छन् ।

कम्पनीले टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखेर ल्याइएको नया“ प्याक बुधबारदेखि कार्यान्वयनमा आएको छ । ग्राहकले एक दिन वा ३० दिनको प्याक लिएर यो सेवा लिन सक्नेछन््् । ग्राहकले मात्र करसहित ३१ रुपैया“ ९२ मा एक दिनको टिकटक वा फेसबुक प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार करसहित ४ सय ५९ रुपैया“ ६८ पैसामा ३० दिनको प्याक पाउनेछन््् । ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन ६ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ ।
यो सेवा लिन एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गर्नुपर्नेछ । कम्पनीले सात दिनको समय रहेको टिकटक, फेसबुक वा युट्युब प्याक करसहित १ सय २७ रुपैया“ ६९ मा र युट्युब र फेसबुकको कम्बो प्याक १ सय ९१ रुपैया“ ५४ मा पाइने जनाएको छ । सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा पाउने कम्पनीले जनायो ।
सात दिन वा ३० दिनको प्याक खरिद गर्ने ग्राहकले यी प्याक सुचारु गर्न हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र करसहित २५ रुपैया“ ५४ पैसामा ३५०० एमबी थप फोरजी डेटा पाउने कम्पनीले जनायो । कम्पनीका अनुसार यो डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउन प्रयोग गर्न सक्छन््् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार