५ आश्विन २०८१, शनिबार

भारतीयद्वारा चार नेपाली अपहरित



कञ्चनपुर । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका कञ्चनपुरका बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिएर अज्ञातस्थलतर्फ लगेका छन् ।

गाउ“पालिकाको वडा नम्बर ५ नजिकको खल्लाबाट चारै जनालाई सामेबार सा“झ भारतीयले अपहरण गरेको बताइएको छ ।
सीमास्तम्भ नम्बर ७८५÷२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लगेको बताइन्छ ।
उनीहरु व्यक्तिहरुस“ग भारतीय पक्षले जनही २० हजार रुपैया फिरौती रकम मागेको खबर प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार