२ जेष्ठ २०८१, बुधबार

जोरविजोर प्रणालीमा कडाई



धनगढी । कोरोना संक्रमण फैलिन नदिन जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने सरकारी निर्णयलाई कडाई गर्दै प्रहरीले कैलालीमा सवारी चेकजाँचलाई कडाई गरेको छ ।

संघीय सरकारले जोर बिजोरमा यातायात सञ्चालन गर्ने गरी योजना निर्माण गरेको एक साता पछि कैलालीमा सो निर्णयको कडाईका साथ पालना गराउन प्रहरीले ठाउँठाउँमा चेकजाँच थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार देखी जोर बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउन ठाउँठाउँमा सवारी चेकजाँचमा कडाई गरिन थालिएको छ ।

‘जिल्लामा संक्रमण दर बढ्न थालेपछि जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न एक साता देखी विभिन्न माध्यामबाट चालकलाई सूचना दिंदै आएका थियौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने– ‘सोमबार देखी हामीले नियम पालना नगर्ने चालकलाई कारवाही गर्न थालेका हौं ।’

उनले अत्यावस्यक कामका लागि चलाइएको सवारीलाई भने जोरिबिजोर प्रणाली लागु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार