२२ बैशाख २०८१, शनिबार

प्रहरी हिराशतमै एक युवकको मृत्यु



धनगढी । कैलालीमा प्रहरी हिरासतमै रहेका एक युवकको मृत्यु भएको छ । बुधवार दिउ“सो पौने एक बजेतिर प्रहरी हिरासतमै फूलबारीका अमरबहादुर चन्द घाँटी रेटिएको अवस्थामा मृत फेला फेला परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान ३ बजे मदिरा सेवन गरेर हातहतियार बोकी गाउ“मा होहल्ला गरेको खबर पाएपछि प्रहरी चौकी फूलबारीले अमरलाई नियन्त्रणमा लिएको थियो ।
दिउ“सो पौने एक बजेतिर ट्वाइलेट गएका उनी सोही ठाउमा घाटी रेटेको अवस्थामा मृत फेला परेको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
प्रहरीले अमरस“ग भएको हतियार पहिले नै बरामद गरिसकेको जनाएको छ । चर्पीमा धारिलो हतियार कसले राख्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
डिएसपी बिष्टले ब्लेडले घा“टी रेटेको हुन सक्ने बताए । डिएसपी बिष्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार