२३ बैशाख २०८१, आईतवार

भारतबाट आउने नेपालीहरुलाई १० नाका मात्र खुल्ने



धनगढी । नेपाल सरकारले भारतबाट नेपाल आउने नेपालीहरुका लागि १० सीमा नाकाबाहेक अन्य सबै नाका बन्द गरेको छ ।

संघीय अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाका अनुसार अब का“डडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी नाकाबाहेक अन्य सबै नाका बन्द गरिएको हो ।
जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट मात्र प्रवेश अनुमति दिने भनी निर्णयलाई सरकारले घटाएर १० मा झारेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार