५ जेष्ठ २०८१, शनिबार

विपन्न खेलाडीलाई राहत



धनगढी । राष्ट्रिय गोजोरियो कराते दो संघ सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरको पुनर्वासमा रहेको मन्जित डोजो र धनगढीका विपन्न खेलाडीहरुलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारका खेलाडीहरुलाई केन्द्रिय संघको समन्वयमा राहत प्रदान गरिएको राष्ट्रिय गोजोरियो कराते दो संघका केन्द्रिय महासचिव प्रकाश चन्दले बताए ।
राहत वितरण कार्यक्रममा संघका महासचिव चन्द, प्रदेश कमिटी अध्यक्ष अरुण कुवर, उपाध्यक्ष महेन्द्रसिंह ठकुरी, सचिव राजेन्द्र बम, पत्रकार विराज रोस्यारा, प्रशिक्षक नरेन्द्र गुरुङ र पत्रकार केशव भट्टराईको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार