५ जेष्ठ २०८१, शनिबार

चोरी गर्ने तीन जना पक्राउ



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा चोरी गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २८ वर्षका श्याम जोशी, २८ वर्षीय पंकज घिमिरे र शिवनगरका बेताल आरती सुनचा“दी पसलका २३ वर्षीय कमलेश उर्फ सुजल खनाललाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूले वडा नम्बर ७ का रामबहादुर विकको घरबाट गरगहना चोरी गरेका थिए । रामबहादुरकी श्रीमती बारीमा गएको वेला उनीहरूले दराजमा रहेको दुई थान सुनको तिलहरी, सुनको बाला, मोबाइल र २० हजार रुपैया चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार