१७ पुष २०८१, बुधबार

मानव सभ्यता र महामारी संक्रमणको इतिहास



चक्रबहादुर शाह

एक पटक विश्व पुनः विश्वव्यापी महामारीको चपेटामा परेको छ । करिब डेढ महिनाको अवधिमा कोरोना अथवा कोभिड–१९ नामक भाइरसको संक्रमणले सम्पूर्ण मानव जातिलाई त्राहीत्राही बनाएको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन ।

विश्वमा यस्तो महामारी फैलिएको पहिलो पटक भने होइन । मानव सभ्यताको इतिहासमा थुप्रै यस्ता महामारीले मान्छेले कल्पना नगरेका विषम परिस्थिति सिर्जना गरेका छन् । लाखौं मान्छेको ज्यान गएका छन् । हरेक कठिनभन्दा कठिन परिस्थितिको सामना गर्दै मानिस अगाडी बढिरहेको छ । मान्छे चन्द्रमामा पुगिसकेको छ । मंगल ग्रहसम्म पहुँच बनाइसकेको छ । विज्ञानको चमत्कारिक विकासले मान्छेले कतिपय अवस्थामा प्रकृतिलाई समेत चुनौति दिने गरेको छ । तथापि मानव बस्ती नजिक रहेका तमाम प्राकृतिक समस्यासंग जुध्ने र तिनको समाधान गर्ने तथा मानव बंशको सुरक्षाका निम्ति भने पर्याप्त ध्यान नदिएको अवस्था देखिन्छ वा ध्यान दिँदा समेत रोकथाम वा त्यसमा विजय हासिल गर्न नसकेको अवस्था छ । मानव सभ्यताको विकाससंगै संसारमा पटकपटक भयानक प्रकृतिका विपदा आएका छन् । यी मध्ये केही विश्वचर्चित महामारीको यहाँ वर्णन गरिएको छ ।

१) विफर महामारी (ईसापूर्व ८००० वर्ष– इसापूर्व १९७९ सम्म)

यो भाईरसलाई विश्वको सबैभन्दा पुरानो र घातक मानिन्छ । यो भाइरसको संक्रमणबाट हुने रोगका कारण ८० करोड मानिसको मृत्यु भएको तथा ठूलो संख्यामा मानिस कुरुप हुने लगायतका समस्याबाट आक्रान्त भएका थिए । हाल विफर रोग विरुद्धको खोप बनिसकेकोले यो नियन्त्रणमा आइसकेको छ ।

२) प्रिहिस्टोरिक पेण्डामिक, (ईसापूर्व ३००० वर्ष पहिले)

प्रिहिस्टोरिक पेण्डामिक चिनको बेइजिङ नजिकबाट नै फैलिएको अनुमान गरिन्छ । अनुसन्धानकर्ताहरुका अनुसार यो महामारीबाट कति जना मानिसको मृत्यु भएको थियो भन्ने अनुमान समेत गर्न सकिएको छैन । यो रोग प्रायः युवा वर्गमा पाइएको थियो । यो महामारीबाट मृत्यु भएका मानिसको अस्थिपञ्जर अथवा कंकाल अहिलेसम्म पनि सुरक्षित राखिएको छ । यसलाई नै बैज्ञानिकहरुले पहिलो मानव महामारी अर्थात् प्रिहिस्टोरिक पेण्डामिक भनेर परिभाषित गरेका छन् ।

३) प्लेग अफ एथेन्स (इसापूर्व ४३० मा)

यो रोग युरोपको एथेन्स शहरमा प्लेग अफ यथेन्स अर्थात् एथेन्सको हैजा नामक महामारीका रुपमा चिनिन्छ । पाच वर्षसम्म प्रकोप जारी रहेको यो महामारीबाट करिब एक लाख मानिसको ज्यान गएको थियो । यो घरपालुवा जनावरमा हुने भाइरस र खासगरी सुँगुरको काचो मासु खाँदा मान्छेमा संक्रमित हुने गर्दछ ।

४) एन्टोनिन प्लेग (इसापूर्व १६५ देखि १८० सम्म)

यो महामारी पनि युरोपको रोम शहरमा केन्द्रित थियो । यो रोगको महामारीबाट ५० लाख मानिसले ज्यान गुमाएको मानिन्छ । तत्कालिन रोम साम्राज्य हालको ईरानसम्म फैलिएको यिथो । हालको ईरानमा पर्ने पाटियामाको युद्धमा पहिलो पटक रोम सेनामा यो रोग देखा परेको थियो । र सेनामार्फत नै यो रोग रोममा संक्रमण भएको हुनसक्ने अनुमान गरिन्छ ।

५) साईप्रइन प्लेग (सन २५० देखि २७१ सम्म)

यो रोग अफ्रिका र एसियामा महामारीका रुपमा फैलिएको थियो । यसले एकै दिनमा रोममा मात्र पाँच हजार मानिसको ज्यान लिएको बताइन्छ ।

६) ब्याकडेथ (सन १३४८ देखि १३५३ सम्म)

यो रोग मानव इतिहासमा सबैभन्दा विध्वंशकारी मध्येको एक हो । यो महामारीबाट विश्वमा १७ देखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ । यो एक प्रकारको एरसिनिया पेष्टिस (Yersinia Pestis) नामक ब्याक्टेरिया (Bacteria) बाट संक्रमण भएको मानिन्छ । यो एसियाका सुख्खा क्षेत्रबाट सुरु भएर पुरै विश्वभरी फैलिएको अनुमान गरिन्छ । १४ औ शताब्दीमा बिश्वको जनसंख्या अनुमानित ४५ करोड रहेकोमा यो महाकारीका कारण घटेर ३० करोडमा झरेको अनुमान गरिन्छ । यो महामारीको प्रभाव खासगरी युरोपमा बढी रहेको थियो । यो महामारीबाट युरोपमा ४० देखि ४५ प्रतिशत मानिसको ज्यान गएको अनुमान गरिन्छ । इतिहासकारहरुका अनुसार यो जनसंख्या प्राप्त गर्न युरोपलाई १५० वर्र्ष बढि लागेको थियो । ब्याकडेथ सुँगुरबाट मानिसमा सरेको मानिन्छ ।

७) जस्टिनियन प्लेग (सन ५४१ देखि ५४२ सम्म)

युरोपियन सम्राट बैजन्तीनको साम्राज्य अहिलेको ईजिप्ट र टर्कीसम्म फैलिएको थियो । त्यही टर्कीको स्तानबुल शहर केन्द्रित भएर जस्टिनियन प्लेग महामारी फैलिएको थियो । यस महामारीका कारण त्यतिवेलाको विश्वको जनसंख्या १० प्रतिशत कम भएको थियो । यस महामारीबाट स्वयं सम्राट जस्टिन समेत सक्रंमित भएका थिए । उनि बाच्न सफल भए पनि आफ्नो सत्ता भने जोगाउन सकेनन ।

८) अमेरिकन प्लेग (सन् १५१९ देखि १५३२ सम्म)

यस महामारीका कारण विश्वभरी एक करोड ८० लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । यो रोग युरोपबाट अमेरिका सरेको थियो । यो रोगका कारण अमेरिकामा पाइने आदिवासी मध्ये ९० प्रतिशतको ज्यान गएको थियो भन्ने अनुमान गरिएको छ ।

९) कोकोलिस्टली (सन् १५४० देखि १५८५ सम्म)

यो महामारी मध्यअमेरिकी देश मेक्सीकोमा केन्द्रीत रहेको थियो । मेक्सिकोबाट फैलिएको यो महामारीबाट एक करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए भन्ने अनुमान गरिन्छ । यो साल्मोनेलाको उप–समुह एस पारासाईटको संक्रमणका कारण फैलिएको थियो ।

१०) ग्रेट प्लेग अफ लण्डन (सन १६६५ देखि १६६६ सम्म)

यो रोगको केन्द्र ब्रिटेनको लण्डन रहेको थियो । यस महामारीबाट करिब एक लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । यो महामारीबाट लण्डनमा नै १५ प्रतिशतले ज्यान गुमाएका थिए । यो महामारी सन् १९६५ को अप्रिल महिनाबाट शुरु भएर सन् १९६६ को सेप्टेम्बरमा नियन्त्रणमा आएको थियो ।

११) ग्रेट प्लेग अफ मार्सेस (सन् १७२० देखि १७२३ सम्म)

फ्रान्सको मार्सेस शहरबाट फैलिएको यस महामारीबाट करिब एक लाख मानिसको ज्यान गएको थियो । ज्यान गुमाएका मध्ये करिब ३० प्रतिशत मानिस मार्सेस शहरकै थिए ।

१२) रसियन प्लेग (सन् १७७० देखि सन् १७७२ सम्म)

यो महामारी रुसको मस्को शहरमा सन १७२० देखी १७७२ सम्म फैलिएको थियो । यस महामारीबाट एक लाख बढि मानिसले ज्यान गुमाएका थिए ।

१३) हैजा महामारी । (सन् १८४० देखि सन् १८६० सम्म)

यो महामारी भारतबाट उत्पत्ति भएर विश्वभरी फैलिएको थियो । हैजा रोगको संक्रमणको मृत्युदर ५० देखि ६० प्रतिशतसम्म थियो । हैजाका कारण प्रति वर्ष सरदर एक लाख ३० लाख मानिसको ज्यान जाने गर्दथ्यो । यो भिब्रिओ कलेरा नामक भाईरसबाट हुने गर्दछ । मुलतः दुःषित पानीबाट हैजा संक्रमण हुने गरेको छ ।

१४) फिलाडेलफिया उल्लो फिबर (सन् १७९३ मा)

यो महामारी अमेरिकाको फिलाडेलफिया शहरबाट सन् १७९३ मा सुरु भएको थियो । यो महामारी अफ्रिकी मुलुकमा फैलिएको थियो । यो महामारीबाट पाँच हजार मानिसको मृत्यु भएको थियो । यो महामारीको कारण एक प्रकारको लामखुट्टेको टोकाई रहेको मानिन्छ ।

१५) फ्लु पेण्डामिक (सन् १८८९ देखि सन् १८९० सम्म)

रुसमा देखा परेको यो महामारीले केही महिनामै पाँच लाख मानिसको ज्यान लिएको थियो । रुसमा देखापरेको यो महामारी हवाईजहाज यात्रुबाट संसारभरी फैलिएको मानिन्छ ।

१६) अमेरिकन पोलियो (सन १९९६ मा)

यो पोलियोले अमेरिकामा मात्र छ हजार बढि मानिसको ज्यान लिएको थियो । यो रोगको समयमै पहिचान भएका कारण यसले विकराल रुप लिन पाएन ।

१७) स्पेनिस फ्लु (सन् १९१८ देखि सन् १९२० सम्म)

यो महामारीलाई आधुनिक युगमा सर्वाधिक मानिसको ज्यान लिएको महामारीका रुपमा चिनिन्छ । युद्धमा होमिएका अमेरिकन सैनिकमा पहिलो पटक सन १९१८ मा यो रोग देखापरेको थियो । पछि क्रमशः जर्मनी, ब्रिटेन, चीन सहितका मुलुकका यो महामारी फैलियो । यो महामारीबाट विश्वभरी करिब पाँच करोड मानिसले ज्यान गुमाएका थिए । सुँगुरको शरीरमा रहेको भाइरस मानिसमा सरेर यो महामारी फैलिएको मानिन्छ ।

१८) एसियन फ्लु (सन् १९५७– १९५८)

यो फ्लुको सुरुवात चीनबाट भएको थियो । कुखुराबाट मानिसमा सरेको एच २ एन २ नामक भाइरसबाट यो महामारी फैलिएको थियो । यो महामारीबाट करिब ११ लाख मानिसले ज्यान गुमाएका थिए ।

१९) एचआईभि/एडस (सन् १९७८ देखि)

यो रोग सन १९८१ मा महामारीका रुपमा फैलिएको भए पनि यो सन् १९२० मा नै देखापरेको अनुमान गरिन्छ । यो रोग अफ्रिकामा पाइने एक प्रकारको ढेंडु बाँदरमा भएको एचआइभी भाइरसबाट मानिसमा सरेको मानिन्छ । मानिसदेखि मानिसमा भने यो रोग असुरक्षित यौन सम्र्पक र रगतको माध्यमबाट सरिरहेको छ । यस रोगबाट हालसम्म तीन करोड ५० लाख बढि मानिसले ज्यान गुमाइसकेका छन । हाल पनि विश्वभरी करिब सात करोड मानिस एचआइभी÷एड्सबाट पीडित छन् । अहिले पनि एचआइभी÷एड्सलाई विश्वको महामारी नै मानिन्छ ।

२०) स्वाइन फ्लु (सन् २००९–२०१०)

अमेरिकी राष्ट्र मेक्सिकोमा केन्द्रबिन्दु भएर संसारभर फैलिएको यो स्वाइन फ्लु सुँगुँरबाट मानिसमा संक्रमण भएको मानिन्छ । यस रोगबाट एक लाख ५२ हजार मानिसको ज्यान गएको तथ्यांक छ । यो रोगको भ्याक्सिन बनिसकेको छ ।

२१) पश्चिम अफ्रिकन ईबोला (सन् २०१४– २०१६)

अफ्रिकी मुलुक गिनीमा पहिलो पटक ईबोला प्रजातिको बादरबाट यो रोग मानिसमा सरेको मानिन्छ । यो रोगबाट हालसम्म ११ हजार तीन सय २५ जनाले ज्यान गुमाइसकेका छन । यो रोग हाल अफ्रिकी, अमेरिकी र युरोपेली मुलुकमा देखिएको छ ।

२२) जिका भाइरस (सन् २०१५ देखि)

सन् २०१५ मा दक्षिण अमेरिकी मुलुक ब्राजिलबाट सुरु भएको यो रोग २४ राष्ट्रमा फैलिएर ४० लाख मानिस संक्रमित भएका थिए । यो भाइरसका कारण हालसम्म ८५ हजार बढिले ज्यान गुमाइसकेका छन । यो एसिड एजेप्टी नामक लामखुट्टेको टोकाईबाट फैलिने भाइरस मानिन्छ ।

(लेखक नेपाल निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्य हुन )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार