८ बैशाख २०८२, सोमबार

सुदूरपश्चिम प्रदेश स्तरीय ‘गोदावरी मेयर कप’ भलिबल प्रतियोगिता सुरु



अत्तरिया । कैलालीको अत्तरियामा सुदुरपश्चिम प्रदेश स्तरिय ‘गोदावरी मेयर कप भलिबल प्रतियोगिता २०७६’ खुला भलिबल प्रतियोगित सुरु भएको छ ।

न्यु सृजनशिल युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको आईतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिं साउँदले उद्घाटन गरे। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख साउँदले युवाहरुको प्रतिभा पस्फुटन गर्नका लागि गोदावरी नगरपालिका सदैभ युवाको साथमा रहेको बताए । उनले नगरपालिकाले प्रत्येक वडामा खेलकुदको विकास गर्नका लागि वडा वडामा बिभिन्न कार्यक्रम संचालन भईरहेको बताए । न्यु सृजनसिल युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यु सृजनशिल युवा क्लबका सस्थापक शर्मानन्द भट्टले स्वागत मन्त्व्य राखे । कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य उद्धवराज भट्टराई, नेकपा गोदावरी नगर कमिटिका अध्यक्ष गोकर्ण भट्ट, नेपाल भलिबल संघका सचिव जगदीश प्रसाद भट्टले शुभकामना मन्त्यव्य राखे ।

यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा न्यु सिर्जनसिल युवा क्लबले विजयी सुरुवात गरेको छ । सिर्जनसिलले लाटाकापली युवा क्लबलाई २–० को सोझो सेटले हराएको हो । सुदुरपश्मिमै सबैभन्दा बढी धनराशी भएको प्रतियोगीताको विजेता टिमले नगद २ लाख १ हजार र १ सय ११, द्धितीय हुने टिमले १ लाख १ हजार १ सय ११, तृतीय हुने टिमले २० हजार १ सय ११ र चतुर्थ हुने टिमले १० हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने छ ।

कैलालीको गोदावरी नगरपालिका–१ मा भईरहेको प्रतियोगीतामा ९ ओटा टिमको सहभागिता रहेको छ । गोदावरी नगरपालिका प्रवद्र्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आयल निगम रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तराईका दुई जिल्लामा लोप हुने अवस्थामा पुगेको भलिवल खेलको संरक्षण र संवद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालमा भलिबल प्रतियोगितालाई २०६४ जेठ ८ गते राष्ट्रिय खेलकुदको मान्यता दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार