११ श्रावण २०८१, शुक्रबार

राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । 
तीन दिनसम्म संचालन हुने सो प्रतियोगिताको गोदावरी नगरपालिकाद्धारा आइतबार आयोजित एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख साउँदले विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पस्फुटन गर्नका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सार्थक बन्ने बताए । 
उनले विद्यार्थीमा भएको प्रतिभालाई स्थापित गर्न खेलकुदका कार्यक्रम बढी भन्दा बढी गर्नुपर्ने नगरपालिकाको मान्यता रहेको बताए । उनले अहिलेका विद्यार्थी भोलीका कर्णधार भएको बताउँदै उनीहरुमा भएको प्रतिभालाई उजागर गर्न यो प्रतियोगिता सार्थक बन्ने बताए । 
उनले अहिलेका विद्यार्थी भनेका फुलको बगैचा हुन भन्दै विद्यार्थीमा भएको प्रतिभालाई व्यवस्थापन गर्ने जिम्मेबारी नगरपालिकाको भएको बताए । गोदावरी नगरपालिका २ का अध्यक्ष कृष्णराज जैशीको अध्यक्ष्तामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर रत्ना कडायत, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट लगायतले छनौट प्रतियोगिता पारदर्शी रुपमा हुनुपर्ने बताएका थिए । 
प्रतियोगितामा सो नगरपालिकाका झण्डै २० वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार