१२ श्रावण २०८१, शनिबार

विपद् तथा जलवायु सम्बन्धी अन्तरक्रिया



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना सम्बन्धी सोमबार अन्तरक्रिया भएको छ ।
विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत वडा स्तरमा अन्तरक्रिया भएको थियो । सामाजिक विकासका लागि सचेत समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य, आमा समुह, स्वास्थ्य स्वयंसेविका, युवा क्लव, बालक्लव, प्रहरी, भलमन्सा, वुद्धिजिवि अगुवा र शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार