३१ जेष्ठ २०८१, बिहीबार

अत्तरियामा रामलीलाको तयारी



धनगढी । कैलालीको अत्तरियामा रामलीला महोत्सव आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ भरतपुर टोलमा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा आगामी मंसिर १ गतेदेखि ११ गतेसम्म रामलीला सञ्चालन हुने महोत्सव मुल आयोजक समिति जनाएको छ ।
मुल आयोजक समितिका संयोजक गोपाल भट्टले रामलीला महोत्सव सञ्चालनका लागि विभिन्न समितिहरू गठन गरिएको बताए । उनले भरतपुर टोलको रामजानकी मन्दिरमा रामलीला आयोजना गरिने बताए ।
रामलीला प्रचारप्रसार समितिका संयोजक वीरेन्द्र भट्टले नगरपालिकाका १२ वडाका अध्यक्षहरूलाई सल्लाहकारमा चयन गरिएको बताए । उनले रामलीला नेपाली भाषामा प्रस्तुत गरिने बताए ।
रामलीला आयोजनाका लागि गोदावरी नगरपालिकाबाट तीन लाख रुपैया सहयोग प्राप्त भएको छ । नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले नेपाली भाषामा प्रस्तुत हुने रामलीला महोत्सवले मौलिक संस्कृति प्रवद्र्धन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार