२१ मंसिर २०८२, आईतवार

ग्रीन पार्टीले उपचुनावमा भाग लिने



धनगढी । ग्रीन पार्टी नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने भएको छ । उपनिर्वाचन हुने सबै स्थानमा उम्मेदवारी दिने तयारी सो पार्टीले गरेको छ ।

नेपाललाई आर्युवदिक खनिजको माध्यामबाट हजारौ उद्योग स्थापना गरौ भन्ने नाराका साथनिर्वाचनमा भाग लिन थालेको सो पार्टीका अध्यक्ष विपी तिमिल्सेनाले बताए ।
रोजगारमुलक समाज स्थापना गर्ने, रासायनिक मललाई विस्थापित गर्ने, नाटकीय रुपमा भएको गुणस्तरहीनताको अन्त्य गर्न चुनावी मुद्दा उठाउने अध्यक्ष तिमिल्सेनाले बताए ।
उनले भने भान्छा घर सबैभन्दा ठूलो अस्पताल हो भन्ने भावनालाई मुर्त रुपमा स्थापित गर्ने उद्देश्य पनि ग्रीन पार्टीको हुने बताए । मंसिर १४ गते एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, एक उपहानगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ३६ जिल्लाका ४१ वडा अध्यक्ष पदमा उपचुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार