११ श्रावण २०८१, शुक्रबार

भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु हुने घटनामा कमी आएन



लोकेन्द्र जोशी/दार्चुला । दार्चुलाका विभिन्न स्थानमा भीरमा घाँस (खर) काट्ने क्रममा लडेर मृत्यु हुने घटना हरेक वर्ष दोहोरिरहेको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत असोज १९ गते घास काट्ने क्रममा भीरबाट लडेर महाकाली नगरपालिका वडा नम्बर १ मालबेलाका नन्दनसिह धामीको मृत्यु भएको थियो । प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा घास काट्ने क्रममा भीरबाट लडेर १२ जनाको मृत्य भएको थियो । ती मध्ये नौ जना महिलाको भिरबाट लडेर तथा तीन जनाको खर काट्ने क्रममा ढुंगा लागेर मृत्यु भएको थियो ।
दार्चुला प्रहरी प्रमुख (डिएसपी) दिपेन्द्र शाहीले घा“स काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएका सबै घटनाको प्रहरी कार्यालयमा सूचना नआउने भएको मृत्यु तथा घाइतेको संख्या अझै बढी हुनसक्ने बताए ।
दार्चुलाका पशुपालक किसानले प्रायः असोज र कात्तिक महिनामा घास काटेर थुपार्ने गर्दछन् ।
प्रायः महिलाले घा“स काट्ने काम गर्ने लेकम गाउपालिका वडा नम्बर ५ मैखोलीका ६६ वर्षीया कृष्णा जोशीले बताइन् । उनका अनुसार भीरमा घास काट्ने क्रममा हरेक वर्ष गाउका एक÷दुई महिलाको लडेर अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार