तिहार सकेर फर्किनेको लर्को
सुखड । नेपालीहरूको महान चाड बडा दशै र तिहार मनाउन देश तथा बिदेशका बिभिन्न ठाउबाट घर फर्केकाहरू चाडपर्व सकिएसंगै कर्मथलो फर्किन थालेका छन ।
कैलाली जिल्लाबाट दैनिक हजारौंको संख्यामा मानिस बाहिरिने गरेको यातायात ब्यवसायिहरू बताउछन् । तिहार सकिए लगत्तै राजधानीका लागि बाहिरीनेहरूको संख्या उच्च रहेको सुखड टिकट काउण्टरका दिपक गौतमले बताए ।
अरुबेला खाली रहने बसहरूमा पनि यति बेला भने सिट मिलाउनै मुस्कील हुने गरेको उनको भनाई छ । यस्तै मुडा बजार टिकट काउण्टरका देबेन्द्र शाहीले केही दिन यता बसमा पर्याप्त सिट नहुदा केहीलाई घर पर्काउने गरेको बताए । काम बिशेषले नगई नहुनेहरूले भने कठिनपुर्ण यात्रा गर्नु पर्ने बाध्यता भएको बताईएको छ । भिड्भाडका कारण लामो दुरी मात्र नभई छोटो दुरीका सवारीमा यात्रा गर्नेहरूले झन बढी सास्ति खेप्नु परेको बौनिया ठिकट काउण्टरका तिलक मल्लको भनाई छ ।
यस्तो भिड्भाडको समयमा क्षमता भन्दा बढी यात्रु चढाउने, चोरी गर्ने पाकेटमारहरू बढी सक्रिय हुने तथा अप्रिय घटना घट्न सक्ने भएकाले प्रहरीले निगरानी गरीरहेको र यात्रु आफै पनि सजक रहनु पर्ने ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरि शरण भट्टको भनाई छ । यस्तो अवस्थाको मौका छोपि हिंसात्मक गतिबिधी गर्ने, बढी भाडा असुल्ने तथा दुब्र्यवहार भएका उजुरी आए कार्वाही गरिने समेत बताईएको छ ।





