१४ औं चन्द्र स्मृति दिवस : दृष्टि फाउण्डेशनलाई खाद्यान्न सहयोग
धनगढी । दलित अधिकार आन्दोलनका अगुवा चन्द्रबहादुर रैकाको १४ औं स्मृति दिवस शुक्रबार धनगढीमा मनाइएको छ ।

चन्द्रपशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैकाले स्वर्गीय चन्द्रले जीवनभरी शोषित पीडित समुदायको हकअधिकारका लागि गरेको संघर्षको चर्चा गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, नेकपाका जिल्ला सदस्य मिना सोब, धनगढी नगर सचिव तिलक सिंह, नेपाली काँग्रेसका नेता छत्रबहादुर टेलर, मानवअधिकार संरक्षण मञ्चका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य श्याम सुनार, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष हिक्मत दर्जी, यज्ञराज भट्ट, नरबहादुर् विक, डबल विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसका अवसरमा दृष्टि फाउण्डेशनमा चामल, दाल, तेल, चिउरा, नमकिन, चाउचाउ, नुन, भुजा, बिस्कृट सहितका खाद्यान्न सामग्री सहयोग प्रदान गरिएको छ ।
त्यसैगरी स्मृति दिवसका अवसरमा दलित अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील उदय आउजीलाई सम्मान गरिएको ।
कार्यक्रम चक्र विकको अध्यक्षतामा भएको थियो । सो अवसरमा निर्मल रैकाले स्वर्गीय चन्द्रको योगदानबारे चर्चा गरेका थिए ।




