१२ श्रावण २०८१, शनिबार

बैतडीमा उपनिर्वाचनको माहौल तात्दै



बैतडी । अगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा निर्वाचनको माहोल तात्दै गएको छ । विभिन्न राजनितिक दलहरूले आफना उम्मेदवारको टुंगो लगाउँदैछन् भने जिल्ला निर्वाचन कार्यालयले पनि तयारी थालेको छ ।


निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकेको छ । जिल्ला अदालत बैतडीका न्यायधिस ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फु“यालले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत तोकिएका भण्डारीलाई सुर्नया गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
दोगडाकेदार गाउँपालिकामा टेकबहादुर थापा र पुर्चौडी नगरपालिकामा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो । दोगडाकेदार वडा नम्बर ४, पुर्चाैडी वडा नम्बर ४ र सुर्नया वडा नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तसँगै कात्तिक २० मा सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्वन्धी गतिविधिहरू अगाडि बढाइने बताइएको छ ।
यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीनवटै वडामा उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली कांग्रेसले दोगडाकेदारमा मात्रै उम्मेदवार सिफारिस गरेको छ । अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् ।
यस्तै, अगामी मंसिरमा हुने उपनिर्वाचनको लागी नेपाली कांग्रेसले बुधवार बैतडीको दोगडाकेदार ४ मा आफना उम्मेदवारको टुंगो लगाएको छ ।
दोगडाकेदार गाउ“पालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कांग्रेस वडाकार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए ।
वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतमा सम्पन्न भएको बैठकका प्रमुख अतिथी वडा कार्यसमितिका सभापती कृष्णानन्द भट्ट रहेका थिए । पिपलकोटमा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने समेत निर्णय समेत गरेको छ ।
बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा अगामी मंसिर १४ मा उपनिर्वाचन हुदैंछ । नेकपाले यसअघिनै उपनिर्वाचन हुने सबै वडामा आफना उम्मेदवार टुंगो लगाइसकेको छ ।
कांग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार