१२ श्रावण २०८१, शनिबार

तस्करीको आशंकामा दुई ट्रक नियन्त्रणमा



धनगढी । नेपाल प्रहरीले तस्करीमा संलग्न रहेको आशंकामा भजनी नगरपालिका वडा नम्बर ३, मरियाघाटमा शुक्रबार दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, भजनीले मरीयाघाटबाट बा ८ ख १८४० र ना ६ ख ५७६१ नम्बरका दुई ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।


प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्रकमा पराल लोड गरेको भेटिएको छ । पक्राउ परेका ट्रक चालकहरुले पराल लोड गर्न गएको बयान दिएको इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।
तर स्थानीयले भने ती दुवै ट्रक तस्करीको सामान पु¥याएर फर्किने क्रममा पक्राउ परेको बताएका छन् । उनीहरुका अनुसार ट्रक राति करिव १२ बजेतिर मरीयाघाट पुगेका थिए । स्रोतका अनुसार तस्करहरुले प्रहरीलाई धोका दिन रित्तो ट्रकमा पराल भरेर फर्काएका थिए । स्थानीयले केही दिन यता नेपालतर्फबाट विभिन्न सामानहरु भारततर्फ तस्करी भईरहेको बताएका छन् ।
स्थानीयका अनुसार केही समययता नेपालबाट भारततर्फ सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ, छोहरा लगायत वस्तु तस्करी भइरहेका छन् ।
भारतले आयातमा प्रतिबन्ध लगाएका सुपारी लगायतका सामान तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हु“दै भारततर्फ तस्करी हुने गरेको बताइन्छ ।
स्थानीयका अनुसार केही दिनयता मरीयाघाट, गुलरीयाघाट, जसबहादुर घाट, डाक्टर फाराम, हलौना, कौवाखेडा लगायतका सीमानाकाबाट भारतर्फत तस्करी बढेको छ ।
स्रोतका अनुसार स्थानीयको दबावपछि प्रहरीले तीन दुई ट्रक नियन्त्रणमा लिएको हो । स्थानीयले जिल्ला प्रहरी कार्यालयमा तस्करीबारे खबर गरेपछि स्थानीय प्रहरीलाई ट्रक नियन्त्रणमा लिन दवाव परेको स्रोतको दावी छ । ‘यति हुदा पनि सबै सामान पारी पु¥याएपछि मात्रै ट्रक नियन्त्रणमा लिएको नाटक गरियो’ एक स्थानीयले शुक्रबार अनुमोदनसंग भने– बिहीबार राति नै खबर गरेको भए पनि प्रहरी बिहान मात्रै मरीयाघाट पुगेको थियो ।

स्रोतका अनुसार तस्करले स्थानीय युवालाई समेत प्रलोभनमा पारेका छन । स्थानीय युवाले समेत तस्करीलाई सघाउने गरेको पाइएको छ । उनीहरुले सीमा क्षेत्रमा सामान वारपार गर्न सघाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार