१२ श्रावण २०८१, शनिबार

बडिमालिकामा हेलो युवा कार्यक्रम शुरु



बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको सूचना केन्द्रमा पहिलो पटक हेलो युवा कार्यक्रम शुरु भएको छ ।

बाजुराका सरकारी तथा गैरसरकारी संघ संस्थाबाट पाउने सेवा सुविधा तथा रोजगारका अवसर नागरिकले सहज रुपमा फोन मार्फत निशुल्क जानकारी पाउन भन्ने उद्देश्यका साथ हेलो युवा कार्यक्रम शुरु भएको जनाइएको छ ।
बडिमालिका नगर प्रमुख पदम बडुवालले हेलो युवा कार्यक्रमबाट बाजुराबासीले लाभ लिने विश्वास व्यक्त गरे ।
हेलो कार्यक्रममा जिल्ला भरका युवाहरुका जिज्ञासा वा सोधपुछ गर्न १६६०९७५४००१ टोल फ्रि नम्बर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार