एक लाख बढिको पटका बरामद
धनगढी । कैलालीको कालाककुण्डामा भन्सार छली ल्याईएका एक लाख रुपैया मूल्य बढीका पटाका बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विओपी खक्रौलाबाट खटिएको टोलीले एक लाख छ हजार सात सय ९० रुपैया मूल्यको पटका बरामद गरेको जनाइएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डा ईलाकामा भारतबाट नेपाल ल्याईदै गरेको पटका बरामद गरि नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टरबाट खटेको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा भन्सार छलेर ल्याउ“दै गरेको मिठाइ बरामद गरेको छ ।
भारतबाट करिब १५ हजार रुपैया“ बराबरको ५० किलो मिठाइ ल्याउ“दै गर्दा बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाएको जनाइएको छ ।