१२ श्रावण २०८१, शनिबार

मिठाई पसलमा अनुगमन



धनगढी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मंगलबार धनगढीका मिठाई पसलहरूको अनुगमन गरेको छ ।


खाद्य अनुसन्धान अधिकृत दीपक कु“वरको नेतृत्वमा गएको टोलीले धनगढी बजारका मिठाई पसलहरूमा मिसावट परिक्षण सहितको पसल अनुगमन गरेको हो ।
कार्यालयले धनगढीका १० वटा मिठाई पसलहरूको अनुगमन गरेको थियो । खाद्य अनुसन्धान अधिकृत दीपकका अनुसार १० वटा मिठाई पसलमध्ये चार वटा मिठाई पसलले सरसफाईमा ध्यान नदिएको पाईएको छ ।
कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवशक्ति भोजनालय, वडा नम्बर १ स्थित कमल मिस्ठान, भद्रपुर स्वीट र मधुवन स्वीट हाउसले सरसफाईमा ध्यान नदिएको जनाइएको छ ।
अनुगमन टोली प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत दीपक कु“वरले भने –‘यी चार मिठाई पसललाई सरसफाईमा तत्काल सुधार गर्न आग्रह गरेका छौं ।’
अनुगमन टोलीलले आचल डेरी, प्रतिज्ञा डेरी, बिष्ट स्वीट हाउस, महाबिर भोजनालय, जोशी मिष्ठान्न र गोकु स्वीट हाउसको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार