३ असार २०८१, आईतवार

पत्रकार बस्नेतलाई सम्मान



धनगढी । कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेतलाई सम्मान गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले पत्रकार बस्नेतलाई एक कार्यक्रमबीच एक थान ल्यापटप सहित सम्मान गरे ।


सो अवसरमा उपाध्यक्ष वाग्लेले कञ्चनपुर लगायत सुदूरपश्चिमका सवाललाई सञ्चार माध्यममार्फत अझ प्रभावकारी रुपमा उठाउन पत्रकार बस्नेतलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार