११ श्रावण २०८१, शुक्रबार

हत्या आरोपमा दुई महिला पक्राउ



धनगढी । कुटपिटका कारण छिमेकीको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुईजना महिलालाई पक्राउ गरेको छ । प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर ५ की ५० वर्षीया बिस्ना बिष्ट र २६ वर्षीया मुगा भण्डारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट ३५ वर्षीया पुतली रावलको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज ८ गते सामान्य विवादबीच बिस्ना र मुगाले पुतलीलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाईते भएकी पुतलीलाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ रेफर गरिएको थियो । उनको उपचारकै क्रममा लखनउमा असोज २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
प्रहरीले बिस्ना र मुगालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक कार्कीले कैलाली जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार