१२ श्रावण २०८१, शनिबार

बालबाटिका क्रिकेट लिग : कालिका, लिटिल फ्लावर र आरएमई विजयी



बौनिया । कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ मुडाबजारमा जारी बालबाटिका क्रिकेट लिगको आइतबार भएका खेलमा कालिका माध्यमिक विद्यालय नौनिया, लिटिल फ्लावर धनगढी र आरएमई स्कुल टीकापुर विजयी भएका छन् ।


आईतबार भएको पहिलो खेलमा कालिका माध्यमिक विद्यालय नौनियाले ब्राइट फ्युचर लम्कीलाई ६४ रनले हरायो । कालिकाको ब्याटिङ पारीमा ३९ बलमा चार चौका र एक छक्का सहित ४२ रन बनाएका भरत खड्का खेलको म्यान अफ द म्याच बने ।
दोस्रो खेलमा लिटिल फ्लावर धनगढीले विस्डम एकेडेमी बेलौरीलाई ३९ रनले हरायो । लिटिल फ्लावरका नरेन भट्टले ३३ बलमा पा“च चौका र एक छक्का हिर्काउदै ४१ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै, आइतबारको अन्तिम खेलमा आरएमई टीकापुरले नाता एकेडेमी लम्कीलाई पराजित ग¥यो ।
असोज २६ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार