३ असार २०८१, आईतवार

प्रथम आमन्त्रित घोडाघोडी कप : सहारा युवा क्लव फाइनलमा प्रवेश



सुखड । कैलालीको सुखडमा जारी प्रथम आमन्त्रित घोडाघोडी कप २०७६ अन्तर्गत आईतबार भएको खेलमा विजयी हुँदै सहारा युवा क्लव पहलमानपुर फाईनलमा प्रवेश गरेको छ । सहाराले स्पोर्ट्स स्कुल फुटवल एकेडेमी दाङलाई हराउँदै फाईनलको यात्रा तय गर्‍यो ।


निकै प्रतिस्पर्धा रहेको खेलको निर्धारित समयमा कुनै पनि टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा लगिएको थियो ।
पेनाल्टी सुटआउटमा सहारा युवा क्लवले स्पोर्ट्स स्कुल दाङलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । खेलको म्यान अफ द म्याच सहाराका गोलरक्षक अमानत शेख बने ।
घोडाघोडी क्लवको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको बिजेताले दुई लाख एक सय तथा उपविजेताले एक लाख एक सय रुपैया“ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत आज सोमबार स्टार सिटी धनगढी र आयोजक घोडाघोडी क्लव (रातो) बीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार