१२ श्रावण २०८१, शनिबार

अपिहिमाल एग्रोलाई सम्मानपत्र



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ लक्ष्मीनगरमा सञ्चालनमा रहेको अपी हिमालय एंग्रो एण्ड लाइभस्टक कम्पनी प्रालिलाई सम्मान गरिएको छ ।


नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागबाट ३९ औं विश्व खाद्य दिवसको अवसरमा नीजि क्षेत्रमा बीउ विजन उत्पादन तथा वितरण कम्पनीतर्फ अपी हिमालयललाई नगद तथा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । कम्पनीका लोकेश भट्टले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार