११ श्रावण २०८१, शुक्रबार

प्रथम घोडाघोडी क्रिकेट कप सुरु



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ निम्दीमा शुक्रबारदेखि प्रथम घोडाघोडी क्रिकेट कप सुरु भएको छ ।
द रोयल युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिता आगामी ८ गतेसम्म चल्ने जनाइएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच घेडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले उद्घाटन गरे ।
शुक्रबार भएको उद्घाटन खेलमा बौनियाले द रोयल युवा क्लव बीलाई हराएको छ । टस जितेर ब्याटिङ गरेको रोयल युवा क्लव बी सात ओभरमा ७० रनमा अलआउट भयो ।
प्रतिउत्तरमा बौनियाले पांच ओभर चार बलमा लक्ष्य पुरा ग¥यो ।
आयोजक क्लवका अध्यक्ष नेत्र भण्डारीका अनुसार प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले १० हजार रुपैया पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार