३ असार २०८१, आईतवार

सुदूरपश्चिमलाई हेर्ने काठमाडौंको दृष्टिकोणमा समस्या– नेता रावल



धनगढी । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भिम रावलले सुदूरपश्चिम प्रदेशलाई हेर्न काठमाडौंको दृष्टिकोणमा संरचनागत समस्या रहेको बताएका छन् ।


बुधबार धनगढीमा नेकपा निकट प्राध्यापक संगठनहरूको प्रदेश समितिले संयुक्त रुपमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा नेता रावलले सुदूरपश्चिमको विकास लगायतका समस्याको समाधानका लागि आफु लगायत सुदूरपश्चिमका नेताहरूले दिएको सुझावलाई वेवास्ता गर्ने र यहा“को विकासमा चासो नराख्ने प्रवृति दल विशेषको समस्या नभएर संरचनागत समस्या रहेको बताए ।
उनले सुदूरपश्चिमलाई हेर्ने संरचनागत दृष्टिकोणमा परिवर्तन ल्याउन बुद्धिजिवीहरूले समेत बोल्नुपर्ने बताए । बुद्धिजिवीहरूको बहशले पनि सुदूरपश्चिमलाई हेर्ने संरचनात्मक समस्या हटाउन सहयोग पुग्ने उनको भनाई थियो ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन र राष्ट्रय प्राध्यापक संगनले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले प्रदेशकाम समस्यामा अध्ययन तथा अनुसन्धान गरेर बुद्धिजिवीहरूले योगदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार