१२ श्रावण २०८१, शनिबार

क्यानमाथिको निलम्बन फुकुवापछि दिप प्रज्ज्वलन



धनगढी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा भएपछि धनगढीमा दिप प्रज्वलन गरिएको छ ।


नेपाल क्रिकेट संघ कैलालीले धनगढीको पार्कमोडमा मंगलबार दिप प्रज्ज्वलन गरेको थियो । युएइको दुबईमा आईतबार र सोमबार बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको थियो । शर्तका विषयमा प्रष्ट नखुलाए पनि निश्चित आर्थिक र प्रशासनिक मापदण्ड तोकिएको बताइएको छ ।
आइसिसीकै स्वतन्त्र प्यानलले गत असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन गराएपछि निलम्बन फुकुवाको आधार बनेको थियो ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै क्यान कैलालीका जिल्ला अध्यक्ष विक्रम विष्टले आइसिसिको निर्णय स्वागतयोग्य रहेको बताए । उनले आगामी दिनमा क्यानलाई सफल बनाउन विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार