१२ श्रावण २०८१, शनिबार

जन्मदिनमा दृष्टि फाउण्डेशनलाई खाद्यान्न सहयोग



धनगढी । हेल्प फर ह्याप्पीनेस ग्रुपको आपतकालिन असहाय कोष उपसमिति सदस्य प्रियंका अग्रवालले आफ्नो जन्मदिनका अवसरमा धनगढीस्थित दृष्टि फाउण्डेसनलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी छिन् ।
प्रियंकाले दृष्टि फाउण्डेसनमा आश्रय लिइरहेका असहाय एवं मनोरोगीहरुको सहयोगार्थ चामल, दाल, तेल, नुन, पिठो, मसलाहरु, कोलकेट, ब्रस, चिनी, चियापत्ति लगायतका सामग्री सहयोग गरेको बताइन् ।
सो अवसरमा फाउण्डेशनका सञ्चालक कल्पना भट्टले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।
सो अवसरमा हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारी, आर्थिक समिति संयोजक केशव पौडेल, उपसमिति संयोजक अभिलाषा भण्डारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार