१२ श्रावण २०८१, शनिबार

लागू औषधसहित एक भारतीय पक्राउ



धनगढी । कैलाली प्रहरीले धनगढीमा लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


लागु औषध नियन्त्रण शाखा महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले लागू औषध सहित भारतको लखिमपुर खिरी जिल्लाको पलियाकलाका १९ वर्षीय आशिष बाल्मिकीलाई पक्राउ गरेको जनाइएको छ ।
धनगढी वडा नम्बर ३ मा लागू औषधको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले आशिषलाई धनगढी वडा नम्बर ३ बाट पक्राउ गरेको जनाइएको छ । प्रहरीले आशिषको डेराबाट क्लोरोफिन्रम २८ सिसी र स्पास्मो २२ पता बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार