१२ श्रावण २०८१, शनिबार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



धनगढी । कैलालीमा गोदावरी नगरपालिका, खुटिया पुल नजिक सोमबार मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट कैलालीकोे चुरे गाउंपालिका वडा नम्बर ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान गोदावरी नगरपालिका वडा नम्बर ९, खुटिया पुल नजिक से ३ प ६०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय बिसराम चौधरीको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार